सुजुकीले ल्यायो भी स्ट्रोम एसएक्सका नयाँ रङ भेरियन्ट

भी स्ट्रोम एसएक्स नेपालमा सबैभन्दा किफायती २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल रहेको कम्पनीले जनाएको छ ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Suzuki launches new color variants of V-Strom SX

काठमाडौँ — सुजुकी मोटरसाइकल नेपालले एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम एसएक्सका दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ ।

यसमा पर्ल फ्रेर ब्ल्यू प्लस ग्लास स्पार्क ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट प्लस मेटालिक मेट स्टेलर ब्ल्यू  छन् ।  

भी स्ट्रोम एसएक्स नेपालमा सबैभन्दा किफायती २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल रहेको कम्पनीले जनाएको छ ।

जसले मिश्रित सडक अवस्थामा प्रतिलिटर करिब ४० किलोमिटरको प्रभावशाली माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ। ‘यो मोटरसाइकल बहुउपयोगिता लक्षित गरी निर्माण गरिएको हो, जसले हल्का अफ–रोड, ग्राभेल तथा असमान बाटोहरू सजिलै सामना गर्न सक्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सानो सिट र अत्यधिक लामो सस्पेन्सन भएका शुद्ध अफ–रोड मोटरसाइकलहरूले राजमार्गमा झट्का दिने तथा असहज अनुभव दिने भए पनि भी स्ट्रोम एसएक्सले उत्कृष्ट स्थिरता र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully