राजविराजमा बजाजको एक्सचेन्ज मेला

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Bajaj's Exchange Fair at Rajviraj

काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले राजविराजको रूपनीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ गर्दै छ ।

जेठ ११ देखि सुरु हुने मेलामा ग्राहकले जुनसुकै मोडलका मोटरसाइकल साट्न सक्ने कम्पनीले जनाएको छ ।

राजविराजको रूपनी रोडमा आयोजना हुने मेलामा ग्राहकले नेपाली नागरिकताका आधारमा बजाजका मोटरसाइकलको फाइनान्स सुविधा लिन सक्नेछन् ।

साथै शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन, निःशुल्क एसेसरिज र आकर्षक छुट पाउने पनि कम्पनीले बताएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully