धनगढीमा बजाजको एन १२५ सार्वजनिक गरिँदै

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Bajaj's N125 being launched at Dhangadhi

काठमाडौँ — नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले धनगढीमा पल्सर एन १२५ सार्वजनिक गर्ने भएको छ ।

बजाजले एक सांगीतिक कार्यक्रम आयोजना गरी एन १२५ सार्वजनिक गर्ने तयारी गरेको हो । जेठ १२ मा धनगढीको नैनदेवी रोड, खुलामञ्चमा आयोजना हुने उक्त कार्यक्रममा सुगरम पोखरेल, चक्र बमलगायतको सांगीतिक प्रस्तुति हुने कम्पनीको भनाइ छ । एन १२५ मा १२४.५८ क्षमताको एयर कुल्ड इन्जिन र सिंगल सिलिन्डर इन्जिन छ । यसले ८.८२ किलोवाटको पावर दिने र ११ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully