महोत्तरीमा खोलाले बगाएका युवक मृत भेटिए

आश्विन १२, २०८१

सुनिता बराल

A young man was found dead after being swept away by the river in Mahottari

महोत्तरी — महोत्तरीको शिर खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । शनिबार बिहान १० बजेतिर घरबाट हराएका बर्दिवास-१० झ्याउरे भांग्रेका २१ वर्षका मानबहादुर थिङ खयरमारा खोला किनारमा मृत फेला परेका छन् ।

खोलामा बगेको मानिस स्थानीयले देखेपछि थिङ हुनसक्ने भन्दै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले र स्थानीयले खोजी गर्ने क्रममा शनिबार साँझ ५ बजे खयरमारा ११ को मालगदिस विद्यालयको तल खोला किनाराको सिसौ घारीमा थिङको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।  

शिरखोलाबाट खयरमारा खोलासम्म झण्डै ५ किलोमीटर अगाडि उनको शव भेटिएको बर्दिवास-१० का अध्यक्ष प्रमोद मोक्तानले बताए । उनका अनुसार मृतक थिङ सुस्त मनस्थितिका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बाढी पहिरो

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully