बलान नदीमा फसेका ४ जनाको उद्धार

असार २३, २०८१

अवधेशकुमार झा

Rescue of 4 people trapped in Balan river

राजविराज — सप्तरी र सिरहाको सिमानामा रहेको वलान बदीको मध्य भागमा फसेका चार जनाको सशस्त्र प्रहरीको टोलीले तीन घण्टापछि उद्धार गरेको छ ।

गाईवस्तु चराउन गएका र रोपाइँ गरी बलान नदी हुँदै फर्किने क्रममा नदीमा अत्यधिक बहाव भएपछि शनिबार साँझ साढे ६ बजेदेखि चारैजना र गाईवस्तु नदीको मध्य भागमा फसेका थिए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेल्हीबाट सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बहादुर बस्नेत नेतृत्वको टोलीले नदीमा फसेका चारै जनासहित १५ वटा पशु चौपायालाई शनिबार राति १० बजे सकुशल उद्धार गरेको हो ।

अवधेशकुमार

Link copied successfully