राजविराज — सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।
राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली राजविरा मा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।
सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । नियन्त्रणमा लिइएका हरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
राजविराज–२ स्थित लिटिल फलावर बोर्डिङ स्कुलका संचालक डा. कमानन्द देवलाई नियन्त्रणमा लिँदै प्रहरी ।
उनीहरूमाथि संक्रामक रोग ऐन-२०२० अनुसार कारबाही गरिने पोख्रेलले बताए । सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।
