मध्यराति प्रहरी छिरेर कुटपिट गरेपछि सप्तरीको क्‍वारेन्टाइनमा तनाव

बिहानैदेखि प्रहरीविरुद्ध नाराबाजी, पीडितहरु भोक हड्तालमा

जेष्ठ १४, २०७७

अवधेश झा

काठमाडौँ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् ।

स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्‍वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्‍वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् । 

मध्यराति प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्‍वारेन्टाइनमै रहेका शिव मुखियाले भने, 'मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।' क्‍वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए । पीडितहरुका अनुसार प्रहरीले यहाँ को-को भारतीय छौं सब निस्केर जा‌ओ भन्दै कुटपिट गरेका थिए ।

क्‍वारेन्टाइनमा तनाव भएपछि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय राजविराजबाट डिएसपी तिलक भारती यहाँ पुगेका छन् । घटनाबारे आफूले बुझिरहेको भारतीले बताए । 

लकडाउन

अवधेश

Link copied successfully