सुनारले २९ हजार ५ सय ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मल्लले १९ हजार ६ सय १५ मत ल्याए ।
काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् ।
उनले एमालेका उम्मेदवार सुमन मल्ललाई पराजित गरेका हुन् ।
सुनारले २९ हजार ५ सय ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मल्लले १९ हजार ६ सय १५ मत ल्याए । त्यस्तै नेपाली काग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरे ।
