बर्दिया-२ मा १८ जनाको उम्मेदवारी दर्ता

१७ जना दलबाट र एक स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

माघ ६, २०८२

रामप्रसाद चौहान 

18 candidates register candidacy in Bardiya-2

बर्दिया — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. २ मा १८ जना उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । १७ दल र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोर, एमालेबाट पूर्वमन्त्री विमला विक र नेपाली कम्युनिस्ट पार्टीबाट सुरेश पन्थ उम्मेदवारी दर्ता गराएका छन् ।

नूतनकुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नागरिक उन्मुक्ति पार्टी नेपाल खुशीराम थारु, नेपाल कम्युनिस्ट पार्टीबाट टिकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी आचार्य, उज्यालो नेपाल पार्टीबाट धर्म बहादुर चौधरी, नेपाल कम्युनिस्ट पार्टी(संयुक्त)बाट निता शर्मा,प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य, राष्ट्रिय स्वतन्त्रबाट श्रीधर पोखरेललगायत अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

१८ जनामा २ जना महिला र बाँकी पुरुषको उम्मेदवारी दर्ता भएको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं. २ मा पुरुष ७५ हजार ५ सय ८४ र महिला ७९ हजार ६ सय ४६ गरी जम्मा १ लाख ५५ हजार २ सय ३० मतदाता संख्या रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully