अर्घाखाँची — रातभर परेको अविरल वर्षाका कारण सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । घुम्ती, दहखोला, नरपानी, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात ठप्प भएको छ । साना–ठूला गरी ठाउँठाउँमा पहिरो गएको छ । सडक माथिबाट पहिरो धेरै स्थानमा खसेको पहिरोलाई हटाउन पनि सकस भएको छ । डोजरले पहिरो हटाउन सुरु गरेको छ ।
सन्धिखर्क–गोरुसिंगे सडक खण्डलाई डबल कटिङको काम भइरहेकाले पानी पर्दा पहिरो खस्ने गर्छ । सडक फराकिलो र स्तरोन्नती कार्यले नयाँ ठाउँबाट पहिरो खस्ने गरेको छ ।
फुदवाङ, दहखोला, नरपानी, घुम्ती, अमराई लगायतका ठाउँमा स्थानीय तहको समन्वयमा डोजरले पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । धेरै ठाउँमा पहिरो गएकाले सडक सुचारु गर्न केही समय लाग्ने उनले बताए ।
