बुटवल — सत्ता गठबन्धनका पाँच दलले रुपन्देहीका सबै स्थानीय तहका निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने उद्घोष गरेका छन् । जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय उनीहरुले गरेका हुन् ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सबै स्थानीय तह र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको बताए । कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा मंगलबार सत्तारुढ दल नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो ।
बैठकले सबै दलको सह अस्थित्व स्विकार गर्दै सम्मानजनक रुपमा गठबन्धन गर्ने निर्णय गरेका हुन् । संयन्त्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको कांग्रस सभापति खाँणले बताए । गठबन्धनले विस्तृत अध्ययन र अनुुसन्धन गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएका छन् ।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजवादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, जिल्ला अध्यक्ष रमाअवतार यादव, नेकपा माओवादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजवादीका जिल्ला अध्यक्ष राजुु गरुड., राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, कांग्रेसका उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले लगायतको सहभागिता रहेको थियो ।
