दाङ — कोरोना संक्रमणका कारण सोमबार मात्रै कोरोना विशेष अस्पताल बेलझुण्डीमा ६ जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका–९ की ५० वर्षीया र १२ की ५२ वर्षीया महिला, घोराही उपमहानगरपालिकाका–७ का ३८ वर्षीय पुरुष, १४–की ३८ वर्षीया महिला, १५–की ६३ वर्षीया महिला र लमही नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनीहरु सबैलाई कोरोनासँगै निमोनिया भएको र लामो समयदेखि आइसियूमा उपचाररत रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । हालसम्म अस्पतालमा मात्रै ७२ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए । अहिले अस्पतालमा ४३ जनाको उपचार भइरहेको वलीले बताए ।
