सिन्धुलीमा कोरोनाबाट थप दुई जनाको मृत्यु

जेष्ठ १७, २०७८

कान्तिपुर संवाददाता

सिन्धुली — सिन्धुलीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

कोभिड अस्पतालमा उपचाररत फिक्कल गाउँपालिका–४ की ७२ वर्षीया महिला र दुधौली नगरपालिका–४ की ९२ वर्षीया महिलाको सोमबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृतक दुवैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोष माझीका अनुसार हालसम्म सिन्धुलीमा १,३ ५६ जना संक्रमित रहेका छन् । तीमध्ये १,२०६ जना होम आइसोलेसनमा छन् । १९२ जना निको भएर घर फर्किएका छन् भने संस्थागत आइसोलेसनमा २२ जनाको उपचार भइरहेको  छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully