बुटवलमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ८, २०७८

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।

जेठ ३ गते अस्पतालमा भर्ना भएकी बुटवल–११ की ७२ वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । उनी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचाररत रहेकी थिइन् । 

त्यस्तै, शुक्रबार अस्पतालको आइसियुमा भर्ना भएकी बुटवल–१२ की २६ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको गौतमले बताए । उनका अनुसार ४ गते भर्ना भएका बुटवल–८ का ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजेर २९ मिनेटमा आइसियुमा मृत्यु भएको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully