तिलोत्तमा — बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।
वैशाख ३० गते भर्ना भएकी रुपन्देहीको सैनामैना–१ की ७७ वर्षीया महिलाको आइतबार साँझ साढे ७ बजे र बुटवल–३ का ५६ वर्षीय पुरुषको ७ बजेर ५४ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
