गुल्मीमा थप १० जनाको कोरोनाबाट मृत्यु

जेष्ठ २, २०७८

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीमा थप १० जना कोरोना संक्रमितको ज्यान गएको छ ।

आइतबार इस्मा गाउँपालिका–३ का ८१ वर्षीय पुरुष, धुर्काेट गाउँपालिका–२ का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । रेसुङा नगरपालिका–१२ का २७ वर्षीय पुरुष र रेसुङा–७ का ६४ वर्षीय पुरुषको ज्यान गएको छ । रेसुङा–१२ का पुरुषको तम्घास अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सत्यवतीका पुरुषको होम आइसोलेसनमा ज्यान गएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी गोपाल कार्कीले बताए । 

त्यस्तै शनिबार कालीगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुष, रेसुङा नगरपालिका–१ की ६६ वर्षीया महिला, वडा–२ की ७५ वर्षीय महिला, सत्यवती गाउँपालिका–७ का ८० वर्षीय पुरुषको ज्यान गएको छ । 

तम्घास अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।   

कोरोना भाइरस

वीरेन्द्र

Link copied successfully