अर्घाखाँची — कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जेठ १० गतेसम्म निषेधाज्ञा थपको छ । यसअघि वैशाख २० गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा थियो ।
दोस्रो चरणको निषेधाज्ञालाई कडाइ गरिने प्रशासनले जनाएको छ । मानव आवतजावतलाई पूरै नियन्त्रण गरिने र घरभित्रै बस्न कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । स्वास्थ्य मापदण्ड अपनाएरै काम नगर्ने, अटेरी गर्नेलाई कारबाही गरिने उनले बताए ।
कोरोनाबाट अर्घाखाँचीमा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जिल्लामा ५ सय ७३ जना कोरोना संक्रमितको उपचाररत छन् ।
गाउँ–गाउँमा ज्वरो, रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको र संक्रमित हुनेको संख्या बढेको छ ।
