पर्सा — कोरोना संक्रमणबाट पर्सामा थप ११ जनाको मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा बिहीबार दिउँसोदेखि शुक्रबार दिउँसो २ बजेसम्म २२ घण्टाको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नारायणी अस्पतालका शुक्रबार दिउँसो २ बजेर २ मिनेटमा वीरगन्ज १६ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । स्पर्श मल्टी स्पेशालिटी अस्पतालमा शुक्रबार बिहान ११ बजेर १८ मिनेटमा वीरगन्ज १३ का ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेर ३० मिनेटमा प्रभु अस्पतालमा वीरगन्ज १० का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा शुक्रबार बिहान १२ बजेर ५० मिनेटमा वीरगन्ज १६ का ८५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजे नारायणी अस्पतालमा बारा जीतपुर ७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालमा बिहीबार राति ९ बजेर ३५ मिनेटमा पर्सा बहुदरमाई नगरपालिका ४ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा बिहीबार राति ७ बजेर ३० मिनेटमा वीरगन्ज १५ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा बिहीबार साँझ ४ बजे वीरगन्ज २६ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेशनल मेडिकल कलेजमा बिहीबार साँझ ४ बजेर १० मिनेटमा वीरगन्ज १५ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा वीरगन्ज १५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा बिहीबार राति ९ बजेर ३५ मिनेटमा बहुअरी २ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
