पाल्पामा कोरोनाबाट थप ५ जनाको मृत्यु 

वैशाख ३१, २०७८

माधव अर्याल

पाल्पा — तानसेनका अस्पतालहरुमा शुक्रबार थप ५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेजमा तीन र युनाइटेड मिसन अस्पतालमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

तानसेन नगरपालिका–१ की ७४ वर्षीय महिलाको मिसन अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको गत १९ गते एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको र उपचारका क्रममा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका–१, कै ५९ वर्षीया महिलाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको पनि एन्टिजेन पोजिटिभ आएको हो ।

रामपुर नगरपालिका–८, का ५९ वर्षीय पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा ३० गते पीसीआर परीक्षण गर्दा पोजिटिभ आएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । तानसेन नगरपालिका–२, का ७८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२३ गते उनमा कोरोना भाइरस पुष्टि भएको हो । यस्तै गुल्मीका ६५ वर्षीय पुरुषको पनि लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । छत्रकोट गाउँपालिका–४ का उनको २४ गते पीसीआर पोजेटिभ आएको थियो ।  

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully