सांसदहरूलाई कोरोना खोपको दोस्रो डोज [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइदिन सुरु गरेको छ । संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको लोत्से हलमा शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ ।

त्यसैगरी शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँबानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासंग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप को दोस्रो डोज लगाइनेछ । पहिलो चरणमा फागुन १९, २० र २१ गते खोप लगाइएको थियो ।


प्रकाशित : वैशाख ३१, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्