नेपालगन्ज — बाँकेको अस्पतालमा उपचार गराइरहेका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-१ का ४५ वर्षीय पुरुषको बिहान साढे १० बजे मृत्यु भएको हो । वैशाख १५ गते भेरीमा भर्ना भएका उनको १६ गते पीसीआर गरिएको थियो ।
भेरीमै दाङ तुलसीपुर उपमहानगरपालिका वडा-६ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १३ गते भर्ना भएका उनको १४ गते पीसीआर गरिएको थियो । शनिबार ३ बजे उनको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज उपहानगरपालिका-४ का ५८ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १५ गते भर्ना भएकी उनको १६ गते पीसीआर गरिएको थियो । उनको बिहान ९:१५ बजे मृत्यु भयो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुने एक सय १८ पुगेको छ ।
