बाँकेमा होम आइसोलेसनका संक्रमितको अस्पताल नपुग्दै मृत्यु

वैशाख १७, २०७८

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितसहित शुक्रबार थप दुई जनाको मृत्यु भएको छ ।

बाँके बैजनाथ गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको होम आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा  मृत्यु भएको हो । वैशाख १२ गते पीसीआर जाँच गरेका उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीले होम आइसोलेसनमा बसेका पुरुषलाई अप्ठेरो भएपछि अस्पताल ल्याउँदै गर्दा दिउँसो १२:३० मा बाटोमै मृत्यु भएको बताए।

यस्तै मेडिकल कलेज, कोहलपुरमा बर्दिया गुलरिया नगरपालिका–१ का ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १५ गते पीसीआर जाँच गरेपछि उनी कोहलपुरमा भर्ना भएका थिए । उनको दिउँसो १: ३० मा मृत्यु भएको हो । 

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । 

कोरोना भाइरस

रूपा

Link copied successfully