बाँकेमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु 

माघ ६, २०७७

रुपा गहतराज

बाँके — बाँकेमा  होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका –१०, भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।

उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका उनलाई अक्सिजनको लेभल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो।

भेरी अस्पतालमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि उनलाई २९ गते पुन: होम आइसोलेसनमा लगिएको थियो ।  बाँकेमा योसहित कोरोना बाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार,  जिल्लामा अहिले पनि ६१ जना होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully