पाल्पामा कोरोनाबाट ६६ वर्षीया महिलाको मृत्यु

मंसिर २९, २०७७

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–१३ की ६६ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा आइतरबा ती महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिलामा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।

मंसिर २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको र उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully