भीम अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु

मंसिर १२, २०७७

कान्तिपुर संवाददाता

रुपन्देही — रुपन्देहीको भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिला रहेका अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

उनका अनुसार बिहीबार राति १२ बजे अस्पताल ल्याइएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको र राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully