बुटवलको कोरोना अस्पतालमा थप एकको मृत्यु

मंसिर ३, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

रोल्पाकी सुनिल स्मृति गाउँपालिका-७ की ७७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत कात्तिक १६ गते कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना गरिएकी उनको बुधबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको हो डाक्टर गौतमले बताए । ती महिलामा ज्वरो, दम र मधुमेह सम्बन्धीको समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघि बुधबार बिहान उक्त अस्पतालमा बुटवलका ४० वर्षीय संक्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully