तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपलिका–२ का ७१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
गत कात्तिक २५ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना भएका उनको सोही दिन नतिजा पोजिटिभ आएको थियो । बिहीबार बिहान कोरोना अस्पतालको आईसियूमा सारिएका उनको साँझ ५ बजेर ४५ मिनेटमा मृत्यु भएको डा गौतमले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचाप र रक्तअल्पताको समस्या थियो ।
यसअघि बिहीबार नै अस्पतालमा २ जना संक्रमितको मृत्यु भइसकेको थियो ।
