काठमाडौँ — कोरोना संक्रमणबाट सदरमुकाम बेनीको कालीपुलबसपार्क क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका घर भइ लामो समयदेखि बेनीमा होटल व्यवसाय गर्दै आएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बेनी अस्पतालले पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरेकोमा अस्पतालमा उपचार क्रममा बिहीबार मृत्यु भएको थियो । उनको स्वाबको परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालले बताए ।
यसअघि कात्तिक १४ गते बेनीका एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
