तिलोत्तमा — रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । गत कात्तिक १७ गते पोजिटिभ आएकी सैनामैना ४ की ५६ वर्षीया महिलाको सोमबार बिहान ६:२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।
होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या भएपछि २२ गते उनलाई भीम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मृतकमा मधुमेहको समस्या रहेको चिकित्सकले बताएका छन् ।
