पाल्पा — स्याङजाको गल्याङका एक कोरोना संक्रमितको उपचारका क्रममा आइतबार पाल्पामा मृत्यु भएको छ ।
गल्याङ नगरपालिका–७ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।
१६ गते मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका थिए । ती पुरुषको कात्तिक १८ गते कोरोना पोजिटिभ पुष्टि भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
