तिलोत्तमामा देउसी भैलो खेल्न निषेध

कार्तिक २३, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसवर्ष देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोनाको कारण देखाउँदै नगरपालिकाले नगर क्षेत्रभित्र देउसी भैलो नखेल्न आग्रह गरेको हो ।

आइतबार सूचना जारी गर्दै नगर क्षेत्रभित्र कोरोना भाइरस समुदायस्तरमा तीव्र रुपमा फैलिएकाले शुभ दिपावलीको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम नगर्न र नगराउन भनेको हो । 

कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि तिहारमा देउसीभैलो नखेल्न जानकारी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए । साथै पटकाजन्य वस्तु समेत नपड्काउन नगरपालिकाले नगरबासीहरुलाई आग्रह गरेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully