बाँकेमा उपचाररत दाङका कोरोना संक्रमितको मृत्यु

कार्तिक २२, २०७७

रुपा गहतराज

नेपालगन्ज — कोरोनाबाट दाङका ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । घोराहीका ५९ वर्षीय पुरुषको शनिबार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य प्रतिष्ठानमा लगिएको थियो । ६ गते स्वाब परीक्षण गर्दा कोरोना जाँचमा कारोना पोजिटिभ देखिएको  थियो । सात गते कोरोना विशेष अस्पताल बलझुण्डीमा  रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि बिहीबार भेरी अस्पतालमा ल्याइएको थियो । 

बाँकेमा हालसम्म जिल्लाभित्रका ३५ र जिल्लाबाहिरका २८ गरी जम्मा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully