भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु 

कार्तिक १७, २०७७

रुपा गहतराज

बाँके — बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । असोज १० गते स्वाबको नमुना दिएका उनलाई  भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१७ जयसपुरका ७० वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ । उनलाई असोज १३ गते कोरोना पोजिटिभ देखिएको थियो । भेरी अस्पतालमा असोज १२ गतेदेखि उपचारका लागि भर्ना भएकी उनको सोमबार बिहान मृत्यु भएको  कोरोना फोकल पर्सन श्रेष्ठले बताए । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully