नवलपरासी पूर्व — नवलपरासी पूर्वमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार देवचुली नगरपालिका वडा नम्बर ११ का ८० वर्षका पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो ।
उनी श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि तीन दिनअघि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए ।
