बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

आश्विन २७, २०७७

सन्जु पौडेल

काठमाडौँ — बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । 

निमोनिया र उच्च रक्तचापको समस्या भएका ती पुरुष असोज २ गते अस्पताल भर्ना भएको र साेही दिन गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. थापाले जानकारी दिए ।  

योसँगै कोरोना विशेष अस्पतालमा कारोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully