तिनाउले बगाउँदा एक महिलाको मृत्यु

७ गतेदेखि हराइरहेका तिलोत्तमाका एक युवकको शव तपाहा नहरमा फेला

आश्विन १०, २०७७

सन्जु पौडेल

तिलोत्तमा — तिनाउ नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले दिएको जानकारीअनुसार शुक्रबार राति  ९ बजे घरबाट हिँडेकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको शनिवार बिहान साढे सात बजे बुटवल १५, चंकीपुरमा दानव नदीमा शव फेला परेको हो । 

त्यस्तै गत असोज ७ गतेदेखि हराएका तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेलको तिलोत्तमा २ स्थित तपाहा नहरमा शव फेला परेको डीएसपी राठौरले बताए । मोटरसाइकलबाट खसेर पानीमा डुबेको अवस्थामा हेल्मेटसहित शव भेटिएको उनले जनाए ।

बाढी-पहिरो

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully