प्रदेश ५ मा सोमबार ६ सय १ संक्रमित निको भए 

आश्विन ५, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा सोमबार ६ सय १ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या ७ हजार २ सय ८९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

सोमबार प्रदेशमा थप एक सय १५ जनामा कोरोना पुष्टि भएको छ । नवलपरासी पश्चिममा ५४, बाँकेमा ३७, रुपन्देहीमा ११, पाल्पामा ३, प्युठान,कपिलवस्तु, रुकुमपूर्व र बर्दियामा २/२ जना एवं दाङ र गुल्मीमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार २ सय ९४ पुगेको छ ।

संक्रमित मध्ये १ हजार ८ सय ३१ जना उपचारका क्रममा छन् । ती मध्ये १ सय ४४  जना कोरोना विशेष अस्पतालमा, आईसीयूमा २४ र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोनाका कारण अहिलेसम्म ५७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully