उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण

आश्विन ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

आइतबार उपत्यकामा ७ सय ६७ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् । 

मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । २४ घन्टामा थप १६ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully