बाँकेमा सोमबार ५२ जनामा कोरोना पुष्टि

आश्विन ५, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा सोमबार ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालको ल्याबमा ४३ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्याबमा ८ जना र बागेश्वरी ल्याबमा १ जना गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ५१ जना छन् जसमा निको भएर जानेको संख्या १२५० रहेको छ । हाल बाँकेमा ३९० जना उपचारमा छन भने कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।  

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully