प्रदेश ५ मा थपिए १ सय संक्रमित

आश्विन ३, २०७७

अमृता अनमोल

बुटवल — रुपन्देहीमा ५९ सहित प्रदेश ५ मा शनिबार एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दाङमा २८, बाँकेमा २५, बर्दियामा ७, प्युठान ५, कपिलवस्तुमा ४, पाल्पा  र गुल्मीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ८ हजार ९ सय ८९ पुगेको छ ।

संक्रमित मध्ये २ हजार ३ सय ५१ जना उपचारका क्रममा छन् । तीमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण अहिलेसम्म प्रदेश ५ मा  ५५ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा ६ हजार ४ सय ८३ जना संक्रमित निको भएका छन् ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully