कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा १२ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ हजार ७ सय ९७ 

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा १२ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ हजार ७ सय ९७ 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ जना पुगेको छ ।

२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् । थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४ हजार ७०६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३५ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार १२९ जना रहेको छ ।





प्रकाशित : आश्विन ३, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?