२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कोरोनाबाट मृत्यु हुने ४ सय १ पुगे, २४ घन्टामा ११ जनाको मृत्यु 

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयको शनिबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेको बताए । 

कोरोनाबाट मृत्यु हुने ४ सय १ पुगे, २४ घन्टामा ११ जनाको मृत्यु 

मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, काठमाडौँका ७७ र ३७ वर्षीया रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४ सय १ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने ०.६४ प्रतिशत रहेको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?