प्रदेश ५ मा बिहीबार १ सय ५१ जनामा कोरोना पुष्टि

भाद्र २५, २०७७

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा बिहीबार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१ जना महिला र १ सय जना पुरुष छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ५९ पुगेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । संक्रमण हुनेहरूमा पुरुष ६ हजार १ सय ३१ जना छन् भने महिला १ हजार ५ सय २३ जना छन् ।

प्रदेशमा बिहीबार थपिने संक्रमितमा रुपन्देहीमा ६९, कपिलवस्तुमा ४२, पाल्पामा २९, गुल्मीमा ५ र बाँके र दाङमा ३/३ जना छन् ।  

संक्रमितमध्ये एक हजार ८ सय ८० जना कोरोना संक्रमित उपचारको क्रममा छन् ।  जसमा १ सय ३४ जना लक्षणसहितका बिरामी भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पौडेलले बताए ।

संक्रमितमध्ये १ सय ३१ जना कोरोना विशेष अस्पतालमा छन्  । जसमा जटिल खालका २१ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । लक्षणविहीन अन्य संक्रमित भने आइसोलेसन केन्द्रमा रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ४३ जनाले ज्यान गुमाएका छन् । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully