अर्घाखाँचीमा स्वास्थ्यकर्मीसहित १२ जनालाई कोरोना

भाद्र ७, २०७७

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मीसहित १२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ ।

मालारानी गाउँपालिका २ जना, भूमिकास्थान नगरपालिकाका ४ जना र सन्धिखर्क नगरपालिकाभित्रका ६ जनामा कोरोना संक्रमण भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

केही दिनअघि भारतबाट आएर पालिकाको क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताए ।  

कोरोना भाइरस

वीरेन्द्र

Link copied successfully