बुटवलमा थपिए १६ जना कोरोना संक्रमित

श्रावण ३२, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा एकै दिन १६ जना नयाँ संक्रमित भेटिएका छन् । आइतबार बिहान आएको नतिजामा बुटवल उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले बताए ।

‘२ जना शाखा प्रमुख र एक कर्मचारीमा संक्रमण देखिएको छ,’ उनले भने, ‘अर्का एक वडा २ का छन् भने अन्य कालिकानगर र देवीनगरका छन् ।’

आइतबारसम्म उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको उनले बताए । बुटवलको १ देखि १५ वडासम्म संक्रमण फैलिएको सिंहले बताए ।

उपमहानगरमा अहिले कन्ट्याक्ट ट्रेसिङ र समुदायमा परीक्षणको काम भइरहेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully