कपिलवस्तु अस्पतालका ३ चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण

श्रावण २९, २०७७

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना डाक्टरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।  साउन २६ गते अस्पतालका ९१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका  स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । त्यस्तै काउन्टर र प्रशासन फााटका कर्मचारी पनि संक्रमित भएका छन् । ६० जनाको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । १३ जनाको रिपोर्ट आउन बााकी छ । उनीहरुको पीसीआर परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो ।

यसअघि साउन २५ गते अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । त्यसपछि २६ गतेबाट अस्पताल सिल गरिएको थियो । इमरजेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको थियो । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully