नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

श्रावण २६, २०७७

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अछाम चौरपाटि– ५ का ती पुरुष दुवै फोक्सोमा निमोनिया भएका कारण साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए  । सोमबार साँझ आएको मृतकको स्वाब परीक्षणको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले बताए । 

‘आइतबार साँझ उपचार गर्दागर्दै उहाँको मृत्यु भयो । अहिले रिपोर्ट पाजिटिभ देखियो,’ उनले भने । अस्पतालका कर्मचारीको अभावले काम गर्नसमेत गाह्रो भएको बताए । 

यसअघि बाँकेमै सोमबार मात्र कोहलपुर–२ की महिला, बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुरका एक पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully