प्यूठान पुग्यो सलहको झुन्ड

असार २८, २०७७

गिरुप्रसाद भण्डारी

प्यूठान — आइतबार फेरि नेपाल प्रवेश गरेको सलहको झुन्ड दाङ हुँदै प्यूठान प्रवेश गरेको छ । सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसान रामबहादुर सोमैले बताए ।

उनका अनुसार माडी नदी किनारै किनार सलह माण्डबी गाउँपालिकातर्फ लागेको छ । आकाशमा सलह देख्‍नासाथ किशानहरुले खेतबारीमा गएर भाँडा ठटाएर र आगो बालेर धुँवा निकालेर सलह भगाउन थालेका थिए । 

करिब एक साताअघि आएको सलहले जिल्लाको सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिका क्षेत्रका किसानको मकै बालीमा क्षति पुर्‍याएको थियो । फेरी सलहको ठूलो झुन्ड भित्रिएपछि कृषि बाली सखाप पार्ने भन्दै प्यूठानका  किसान चिन्तित छन् ।

सलह

गिरुप्रसाद

Link copied successfully