पाल्पामा एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

असार ११, २०७७

माधव अर्याल

पाल्पा — पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

निस्दीको ९३ जना भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका साथै अरु सबै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट पुष्टि भएको स्थास्थ्य कार्यालयले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ ।  पाल्पामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully