सुस्तामा एकै दिन १२ जनामा कोरोना संक्रमण 

जेष्ठ २७, २०७७

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा मंगलबार एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै सुस्ता गााउँपालिकाका हुन् ।

सुस्ता गाउँपालिका वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का दुई जना, ४ मा एकजना र पाँचमा तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्‍चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताए । संक्रमितहरुको उमेर १६ देखि ५० वर्षको छ ।

जेठ २० गते स्वाब संकलन गरि परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा मंगलबार बल्ल रिपोर्ट आएको हो । उनीहरु सबै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए । 

उनीहरुलाई सुस्तामै रहेको वेलवानी स्वस्थ्य चौकीको आइसोलेसनमा राखिने जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलरासीले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully